डा.न्यौपानेको तीन पुस्तक एकै पटक बजारमा


काठमाडौं । डाक्टर प्रेमराज न्यौपानेद्धारा लिखित तीन कृतिहरुको आज एक कार्यक्रमका बिच लोकार्पण भएको छ । शुक्रवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बिभिन्न साहित्यकारहरुले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

डाक्टर प्रेम न्यौपानेका अविरल प्रयास नामक लेखहरुको संगालो, गृहस्थको आदर्श जीवन नामक स्मृति ग्रन्थ र शिवमहिम्न स्तोत्र नामक धार्मिक पुस्तकको शुक्रवार नै लोकार्पण भएको छ ।

लमजुङको दुराडाडामा जन्मनुभएका डाक्टर न्यौपाले आफना आमा वुवाको स्मृतिमा राष्ट्रिय पुरस्कारहरुको समेत स्थापना गरी बितरण गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार