प्रधानमन्त्रीलाई नेपाली काँग्रेस कास्कीको १४ बुँदे ज्ञापनपत्र, कोरोना विरुद्धको लडाईमा वर्तमान सरकार असफल भयो

आरडिटि र पिसिआर परिक्षणको दायरा बढाउ

  झझल्को संवाददाता  345 पटक हेरिएको

 

कास्की सभापति कृष्ण बहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल ज्ञापनपत्र तस्वीर तिर्थ के.सी.

२ असार, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले अहिले गरिरहेको प्रयासले सफल हुन नसक्ने जनाएको छ । नेपाल लगायत पुरै विश्वभर अहिले कोरोना भाइरस कोभिड १९ बाट प्रभावित र प्रताडित भएका बेला कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा यो महामारीको जोखिम अप्त्यशित रुपमा तव्र गतिमा बढ्दै जाने जनाएको हो ।

मंगलबार नेपाली कांग्रेस कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे १४ ब्ँदे सुझाव सहितको विशेष ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण बहादुर के.सी.‘द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन माग गरेको छ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन,स्वास्थ्य समाग्रीको आपूर्ति र व्यवस्थापन, अनियमितताको छानविन र पारदर्शीता अपनाउन माग गरेको छ ।

साथैँ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने निणएले लाखौँ नागरिक सर्वसुलभ उपचारबाट वन्चित हुनुपर्ने अवस्था आएकाले सो अस्पताललार्य कोरोना अस्पताल नवनाई अन्य ठाउँमा कोरोना अस्पताल बनाउन समेत माग गरेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
सिंहदरबार, काठमाडौं ।
मार्फत श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु
जिल्ला प्रशासन कार्यालय,कास्की ।

         विषय :-कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे विशेष ज्ञापन पत्र ।

नेपाल लगायत पुरै विश्व अहिले कोरोना भाइरस कोभिड १९ बाट प्रभावित र प्रताडित छ । कोरोना विरुद्धको संघर्षका क्रममा सरकारले समयमै गम्भीरता नराख्दा यो महामारीको जोखिम अप्त्यशित रुपमा तव्र गतिमा बढ्दै जाने सम्भावना देखिन्छ ।

लकडाउन भएको ८५ औा दिनसम्म पनि आम नागरिकहरुमा सन्त्रास बढ्दै जानु जनशक्ति र स्वास्थ्य सामाग्रिको अपयाप्ता देखाएर पिसीआर परिक्षण सुस्त गतिमा गरिनु, मानविय संवेदनशिलताको ख्याल नगरी मापदण्ड विपरितका क्वारेन्टाईनहरु निमार्ण गरि क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बन्दै जानु विपन्न नागरिक र श्रम गरेर जिविको पार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्युबरण गरिसकेको र यो अवस्था भयाभव हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहनु भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परि आफ्नो मातृभुमि फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु दिनानुदिन धरासायी बन्दै गईरहेको कृषी,पर्यतन,र उद्योग व्यवसायलाई पुर्जउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु,रोजगारी सिर्जनाको लागि खासै योजना,नीति तथा कार्यक्रम नल्याईनु,श्रमिक,बेरोजगार,विद्यार्थी,अपाङ्गता भएका व्यक्ति,एकल महिला,गर्भवती र जेष्ठ नागरिकहरुलाई राहत एवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्नु,शैक्षिक गतिविधी ठप्प हुँदा लाखौँ विद्यार्थीहरुको भविष्य अन्यौले पर्दा पनि सरकार अनिर्णष्को बन्दी बन्नु देशको यस्तो विषम परिस्थितिमा पनि सरकार अनिमियतता र भ्रष्ताचारमा चुर्लूम्म डुब्नुले बर्तमान सरकार असक्षम र गैर जिम्मेबार बन्दै प्र्ण असफल भएको छ । यस्तो विषम परिस्थितिमा सरकारलाई सजग र सचेत गराउदैँ नेपाली काँग्रेस कास्की जिल्ला प्रशासन कार्यालय कास्की मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष यो विशेष ज्ञापन पत्र प्रस्तुत गर्दछौँ ।

१) सरकारले जारी गरेको राष्टिय परिक्षण निर्देशिका संशोधन गरि आरडिटि पिसिआर परिक्षण गर्नूपर्नेको दायरा विस्तार गरी क्वारेन्टाइनमा राखिएका सबेलाई पिसीआर विधिबाट परिक्षण गरेपश्चात मात्र घर पठाउने,मृत्यु भएकाको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेसनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस् । पिसीआर परिक्षणको दायरा विस्तार संगै यसको क्षमता अभिवृद्धि गर्न आवश्यक कीट उपकरण , जनशक्ति र अन्य लजिस्टीक आवश्यकताको अविलम्व व्यवस्था गरियोस् ।

२) कोभिड नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाको लागि आवश्यक सामाग्री, कोरोना डेडिकेटेड अस्पताललाई आवश्यक उपकरण, सामग्री, औषधी, स्वास्थ्यकर्मीको स्वास्थ्य सामाग्री ,आइसोलेसन बेड र जनशक्तिको व्यवस्था अविलम्ब गरियोस् ।

३) अव्यवस्थित क्वारेन्टाईनलाई तत्काल सुविधा सम्पन्न बनाउदैँ स्थानिय र प्रदेश सरकारलाई आवश्यक आर्थिक र प्राविधिक श्रोत उपलब्ध गराइयोस ।

४ं) कोभिड बाहेकका अन्य विरामीको उपचार सेवा बिना अवरोृध पाउने सुनिश्चितता गरियोस् ।
५) राष्टिय विपदका वेला स्वास्थ्य सामाग्री खरिदमा देखिएको भ्रष्टाचार निर्लज्जताको पराकष्ठा भएकाले तत्काल स्वास्थ्य सामाग्री सहित नियन्त्रणमा भएको भनिएको खर्च सार्वजनिक गरियोस् ।
६) लकडाउन बड्दै जाँदा श्रमिक,बेरोजगार ,विद्यार्थी,अपा ङ्गता भएका जागकिर,एकल महिला र जेष्ठ नागरिक नराम्ररी प्रभावित बनेकाले तत्काल राहत व्यवस्था गरियोस् । यस अगाडी राहत वितरणमा देखिएको राजनैतिक पुर्वाग्रह बन्द गरियोस् ।
७) विदेशमा विचल्लीमा रहेका नागरिकप्रति यथेष्ठ ध्यान पुर्याईयोस ।
८) खाडी मुलुक लगायत विदेशमा विविध कारणले ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन प्रयास गरियोस् ।
९) अर्थमन्त्रीलाई चलायमान गर्न उ्रद्योग,व्यवसाय र कृषिसंग जोडिएका क्षेत्रहरुमा ठोस राहत र सहयोग घोषण गर्न र रोजगारीको अवस्था सृजना गर्न,कठिनाईमा रहेका श्रमिक,मजदुर र उद्यमीलाई प्राथमिकतामा राखी राहत दिन र कृषकका लागि तत्काल विउविजन,मल,कृषि उत्पादनको बजारको सुनिश्चितता गर्न माग गर्दछौँ ।
१०) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिामाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने निणएले लाखौँ नागरिक सर्वसुलभ उपचारबाट वन्चित हुनुपर्ने अवस्था आएकाले सो अस्पताललार्य कोरोना अस्पताल नवनाई अन्य ठाउँमा कोरोना अस्पताल बनाउन माग गर्दछौँ ।
११) शिक्षा क्षेत्रमा देखिएको अन्यौलता अमन्त्य गर्दै उचित व्यवस्थापनका साथ पठन पाठनको व्यवस्थगा मिलाउन माग गर्दछौँ ।
१२) पर्यटन,यातायात,उद्योग कलकारखानामा परेको असरलाई मध्यनजर गर्दै बैकको क्रण तथा करका पुर्जविचार गर्न र कर तिर्न अधि बढाउन समेत माग गर्दछौँ ।
१३) केही समय अगाडी वाहिरी जिल्लाबाट आयत गरिएका तरकारी, फलफुलको उचित व्यवस्थापन नगरी वडाध्यक्षबमे उपस्थितिमा खाडलमा पुरिएको कार्यको घोर निन्दा गर्दछौँ ।
१४) लामो समयसम्म स्वावलाई प्रयोगशालामा राखि ढिलो गररी परिक्षण गर्दा सही परिणाम नआउने भएकाले परिक्षणको दायरा बढाउन माग गर्दछौँ ।

अन्त्यमा,सीमित स्रोत साधनका बावजुद महामारी नियन्त्रणका लागि अग्रपंत्तिमा रही काम गर्ने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र स्थानीय तहमा जनप्रतिनिधिहरुको उच्च प्रशंसा गर्दै हार्दिक धन्यबाद दिन चाहन्छौँ ।

जय नेपाल ।
 कृष्ण बहादुर के.सी.
सभापति, नेपाली काँग्रेस कास्की

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार