ट्राफिक प्रहरीलाई अवैध मोटरसाइकल व्यवस्थापनमै चुनौती

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएका मोटरसाइकलको व्यवस्थापनमा कठिनाई भएको जनाएको छ । महाशाखाले नियन्त्रणमा लिएका मोटरसाइकलको सङ्ख्या वढे पछि महाशाखा परिसर भित्रै राख्नु परेकाले व्यवस्थापनमा कठिनाई भएको जनाएको छ । २०६४ साल यता महानगरिय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका मोटरसाइकलको व्यवस्थापनमा कठिनाई भएको जनाएको छ । गैर कानुनी रुपमा सञ्चालन भएका मोटरसाइकलहरु नियन्त्रणमा लिई महाशाखाले आफ्नै परिसरमा पार्किङ गरेर राखेको छ । पार्किङको उचित व्यवस्थान गर्न नसक्दा महाशाखाले समस्या भएको जनाएको छ । यस्ता मोटरसाइकलहरुको व्यवस्थापन गर्न छिट्टै यातायात व्यवस्था विभागलाई जिम्मा दिने पनि महासाखाकले जनाएको छ । त्यस्तै मुद्दा सकेका मोटरसाइकलहरुको पहिचान गरि सम्वन्धित व्यक्तिलाई जिम्मा लगाएर व्यवस्थापन गरिने समेत महाशाखाले जनाएको छ ।

महाशाखाले आर्थिक वर्ष २०६३÷०६४ देखी हाल सम्म जम्मा ७ हजार ३ सय ७९ वटा मोटरसाइकल अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । त्यसमा २ हजार ३ सय ८१ वटा मोटरसाइकल आवश्यक अनुसन्धान गरि सम्वन्धीत सवारी धनीलाई जिम्मा लगाएको जनाएको छ । हाल सम्म महाशाखामा जम्मा १३ हजार २ सय ७० निवेदन परेकोमा २ हजार ११ वटा चोरी भएका मोटरसाइकल सवारीधनीलाई जिम्मा लगाइएको, आवश्यक अनुसन्धानका लागि ६ हजार ४१ वटा मोटरसाइकल यातायात विभागलाई वुझाएको र २ हजार ३ सय ३१ वटा मोटरसाइकल आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयलाई वुझाएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । यसरी माहाशाखाले नियन्त्रणमा लिएका मोटरसाइकल विक्री गर्न नमिल्ने र मोटरसाइकलका धनी लिन नआएपछि माहासाखामा पार्किङको समस्या हुने गरेको छ । यसरी महाशाखामा थन्किएका मोटरसाइकलको समयमै व्यवस्थापन हुन नसक्दा महाशाखा परिसर नै साघुरो वन्दै गएको छ । महासाखा भित्र यस्ता मोटरसाइकल पार्किङ हुँदा दैनिक रुपमा सेवा लिन आउने मानिसहरुलाई समेत समस्या हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार