आज थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको जम्मा संख्या ६ हजार २११ पुग्यो

  झझल्को न्युज डेस्क  338 पटक हेरिएको

१ असार ,काठमाडौँ ।
नेपालमा ४५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । याृसँथै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तर उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । ति व्यक्तिहरु कुन ठाउँका हुँने जानकारी नदिइएपछि अब के हुन्छ ? को स्थितिमा उपत्यकावासी छन् ।

उता कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो ।

सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् । नौमुले वडानम्बर १ मा मात्रै दुई वर्षदेखि ५४ वर्षसम्मका ४६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये एकजना महिला हुन् ।

यस्तै थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

सुर्खेतमा नयाँ थपिनेमा पञ्चपुरी नगरपालिकामा एक महिलासहित ८ जना, बराहताल गाउँपालिकाका ३ जना, चौकुने गाउँपालिकाका ३ जना, लेकबेसी नगरपालिकाका चारजना र सिम्ता गाउँपालिकाका एकजना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार