शान्ति, सुशासन र समृद्धि प्रमूख एजेण्डा : दाहाल


ललितपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन् । शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले जनताको बीचमा स्थिरता र विकासको प्रतिवद्दता गरेकाले त्यसलाई पूरा गर्ने बताएका हुन । उनले देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउने पनि उल्लेख गरे । कतिपयलाई युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गरेजस्तो लागेपनि युद्धको नेतृत्व गरेकाले शान्तिको महत्व पनि सबैभन्दा बढि बुझ्ने दाहालको दावि थियो । दाहालले भने –‘अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए । हाम्रो युद्ध पनि शान्तिका लागि थियो,सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार