२६ जेठ,अछाम ।
अछाम जिल्लाको बयालपाटा अस्पतालमा जागीरबाट निकालिएका एक कर्मचारीले अस्पतालप्रागणमै आफ्नो शरिरमा आगो लगाएका छन ।
अस्पतालको जागीरबाट निकालिएका हाईजनिक हेड सिध्दार्थ आउजीले अस्पतालको परिसरमै आफ्नो शरिरमा आगो लगाएका हुन ।
अस्पतालको आकस्मीक कक्ष अगाडी आफ्नै शरिरमा आगो लगाएका आउजीको अस्पतालका कर्मचारी उद्धार गरेका थिए ।जलेर घाईते भए पछि उनलाई हेलिकप्पर मार्फत उपचारका लागी नेपालगञ्ज लगीएको छ ।
यसअघि उनीसंगै ३३ जना कर्मचारीलाई बयालपाटा अस्पतालले आर्थिक स्रोतको अभाव रहेको बताउदै जागीरबाट निकालेको थियो ।
जागिरबाट निकालीए पछि उनीहरुले सबै तिर हारगुहार गर्दा समेत अस्पतालले पुनस्थापित गर्न मानेको थिएन ।
भिडियो