पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार ३ सय ८० जनाको मृत्यु, कहाँ कति ? (हेर्नूहोस् तालिका)

  झझल्को सम्वाददाता  584 पटक हेरिएको

२६ जेठ,काठमाडौँ ।
कोभिड १९ महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख नाघिसकेको छ । ७० लाख ८२ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् ।

चीनको वुहानबाट २०१९ को डिसेम्बरदेखि फैलिएको महामारी ६ महिनासम्म पनि रोकिएको छैन । कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३ सय ८० जनाको मृत्यु भएको छ भने १ लाख १३ हजार ९० नयाँ संक्रमित थपिएका छन्।

यो सँगै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ५ हजार ८१ पुगेको छ भने ७० लाख ८२ हजार २ सय १२ जना संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण सबैभन्दा बढी प्रभावित बनेको अमेरिका छ भने सबैभन्दा मृत्युदरमा सबैभन्दा बढी ब्राजिलमा छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ५ सय ४२ जनाको मृत्यु भएको छ भने १८ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय ७३ जनाको मृत्यु भएको छ भने १८ हजार ९ सय ०५ जना नयाँ संक्रमित थपिएका छन्।

यो सँगै ब्राजिलमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ हजार ४ सय ९९ पुगेको छ भने ६ लाख ९१ हजार ९८२ जना संक्रमित भएका छन्। त्यस्तै अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख १२ हजार ४ सय ६९ पुगेको छ भने २० लाख ७ हजार ४ सय ४९ जना संक्रमित बनेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा रुसमा १३४ जना, यूकेमा ७७ जना, भारतमा २६१जना चेलीमा ६४९ जना, फ्रान्समा १३ जना, , मेक्सिकोमा ३४१ जनाको मृत्यु भएको छ ।

 

हेर्नुहोस् कोरोना फैलिएका २१३ देशको तालिका कहाँ कति ?

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार