चीन रंगे हात पक्राउ परेको अमेरिकी राष्ट्रपतिको दावि


अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू ’निकै स्तब्ध’ भएको बताएका छन । चीन ’रङ्गे हात’ पक्राउ परेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले प्योङयाङलाई तेल निर्यात गरिए त्यसवाट समस्याको कहिल्यै ’मैत्रीपूर्ण समाधान’ हुन नसक्ने उल्लेख गरेका हुन । दक्षिण कोरियाली पत्रिका जोसन इल्बोले चिनियाँ ट्यांकरहरुले गोप्य रुपमा उत्तर कोरियाली पानीजहाजलाई तेल पु¥याइरहेको समाचार लेखेपछि अमेरिकी राष्ट्रपति ट्रम्प चीनमाथि खनिएका हुन । दक्षिण कोरियाली अधिकारीहरुलाई उद्धृत गर्दै उक्त पत्रिकाले अक्टोबर महिनायता गैरकानूनी रुपमा पानीजहाजबाट पानीजहाजलाई करिब ३० पटक तेल ओसारिएका घटनाको अमेरिकी गुप्तचर भूउपग्रहले तस्वीर खिचेको जनाएको छ । चीनले भने उत्तर कोरियासँगको तेलसम्बन्धी प्रतिबन्धलाई तोडेको आरोप अस्वीकार गरेको छ । एक साता अघि चीनले उत्तर कोरियाको पेट्रोल आयात नब्बे प्रतिशतसम्मले कटौती गर्ने सम्बन्धी अमेरिकाले तयार पारेको राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गरेको थियो । उत्तर कोरियाको विवादास्पद ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण कार्यक्रमलाई रोक्ने प्रयासस्वरुप राष्ट्रसंघले नयाँ प्रतिबन्ध लगाएको थियो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार