तालिवान समूहको नेतृत्वमा तालिवान समुहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूब

  झझल्को न्युज डेस्क  256 पटक हेरिएको

२० जेठ,काठमाडौँ ।
अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाविरुद्ध सशस्त्र संघर्ष गरिरहेको अफगान तालिवान समूहले सोही समुहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबलाई नयाँ नेताअफगान तालिवान समूहले सोही समुहका संस्थापक मुल्लाह ओमारका छोरा मुल्लाह याकूबलाई नयाँ नेता छानेको छ।समूहका नेताहरुबीच नेतृत्वको विषयलाई लिएर सहमति जुट्न नसकेपछि याकूबलाई अन्तरिम रुपमा नयाँ नेताको रुपमा छानेको हो।

अफगान स्रोतका अनुसार तालिवानका कतिपय वरिष्ठ सदस्यहरु कोरोना भाइरसका कारण बिरामी परेका कारणले पनि याकूबलाई नेतृत्व दिइएको हो।

पछिल्लो समय मुल्लाह याकूब पनि तालिवानको शीर्ष नेतृत्व सम्हाल्ने गरी तयारी गरिरहेका थिए। उनका बाबु मुल्लाह ओमरको सन् २०१५ मा निधन भएको थियो। याकूबलाई सन् २०१६ मा अफगानिस्तानका ३४ मध्ये १५ वटा प्रान्तको सैनिक आयोगको नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो।

अफगानिस्तानका पूर्व राष्ट्रिय गुप्तचर विभागका प्रमुख रहमतुल्लाह नबिलले हाल मुल्लाह याकूबले तालिवान आन्दोलनको नेतृत्व गरिरहनु भएको दाबी गरिरहेका छन्। उनले समूहको कतारको दोहास्थित कार्यालयका कतिपय सदस्यहरु कोरोना भाइरस संक्रमित भएको र उनीहरु पाकिस्तान फर्किएको पनि बताए।

गत फेब्रुअरीमा तालिवानसँग अमेरिकाले गरेको सम्झौताको कार्यान्वयन तथा अफगान सरकारसँगको वार्ताको महत्वपूर्ण क्षणमै तालिवान समूहको नेतृत्वमा संकट उत्पन्न भएको छ। तालिवान समूहको उच्च नेतृत्वमा कुनै किसिमको विभाजन र असहमति देखा परे कमजोर अफगान शान्तिवार्ता नै धरापमा पर्न सक्ने आँकलन गरिएको छ।

अमेरिकाले तालिवानसँगको सम्झौता बमोजिम आफ्ना सैनिक फिर्ता गर्न थालको भए पनि तालिवान र अफगान सरकारबीच शान्तिवार्ता शुरु हुन सकेको छैन।

विदेशी समाचार संस्थाका अनुसार ओमरका मुख्य सहयोगी एवं महत्वपूर्ण तालिवान नेता हैबातुल्लाह अखुनजादा केही हप्तादेखि कुनै पनि वैठकहरुमा देखा परेका छैनन्।

उनको स्थानमा हक्कानी नेटवर्कका सिराजुद्दीन हक्कानीले गरिरहेका छन्। यो समूहको सम्बन्ध पाकिस्तानस्थित इस्लामिक स्टेटको अलकायदा समूहसँग सम्पर्क रहेको मानिन्छ।

इस्लामिक स्टेटको चाहना तालिवानसँग हक्कानी नेटवर्कको सम्पर्क टुटाएर पुनः अतिवादी जिहादी क्रियाकलाप सुरू गर्नु हो। नबिलका अनुसार तालिवानको राजनीतिक कार्यालयमा परिवर्तन हुनेक्रम जारी रहेको छ।

तालिवान समूहले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासनसत्ता सम्हालेको थियो।तर सन् २००१ मा अफगानिस्तानमा लुकेर बसेका ओसामा बिन लादेनले अमेरिकामा भिषण हमला गरेपछि प्रतिशोधमा अफगानिस्तानमाथि अमेरिकाले आक्रमण गरी तालिवानलाई सत्ताच्यूत गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार