एकाबिहानै गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

  झझल्को सम्वाददाता  434 पटक हेरिएको

पोखरा, जेठ २०।
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान स्याङ्जा र पर्वतमा पाचँ पाचँ जनामा कोरोना पुष्टि भएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना पुरुष र बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष रहाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का तीन जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको जनाइएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार