बाँकेमा बस दुर्घटना: भारतबाट फर्कदै गरेका १२ जनाको मृत्यु, २१ जना घाइते

  झझल्को सम्वाददाता  370 पटक हेरिएको

१९ जेठ,बाके ।
बाँकेको राप्ती सोनारी–२ स्थित श्री जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जनाको मृत्यु भएको  छ।

भारतबाट फर्केकाहरुलाई लिएर बाँकेको नेपालगञ्जबाट दाङ आउँदै गरेको यात्रुबाहक बस मध्यराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा घटनास्थलमा ११ जना र भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा थप एक जनाको मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए।

नेपालगञ्जबाट दाङ हुँदै सल्यान जानलागेको गरेको ना ५ ख ५९९५ नम्बरको बस रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।

मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन। दुर्घटनामा परी २१ जना घाइते भएका छन्। घाइतेको नेपालगन्ज उपचार भइरहेको छ।
५ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता बैदवारले बताए। गाडीमा चालकसहित ३३ जना रहेको खुलेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार