बिद्रोही ने.क.पा.का नेता अनिल शर्मा ‘बिरही’ रिहा

  झझल्को सम्वाददाता  296 पटक हेरिएको

१८ जेठ,काठमाडौँ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एबम पार्टी प्रकाशन विभागका प्रमुख अनिल शर्मा ‘विरही’ रिहा भएका छन। उनलाई जिल्ला अदालत चितवनको आदेशमा रिहा गरिएको हो ।

गत बैशाख २३ गते उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

आज जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।
नेता अनिल शर्माको तर्फबाट अधिवक्ताहरु कमल पाठक, अपिल पोखरेल र धर्म आचार्यले बहस गरेका थिए ।अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा लगिएको छ ।

जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

२३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार