सुदुरपश्चिममा क्वारेन्टाइनमा दुई बालकको मृत्यु

  झझल्को सम्वाददाता  215 पटक हेरिएको

जेष्ठ १८ बाजुरा ।
सुदुरपश्चिममा क्वारेन्टाइनमा राखिएका दुई बालकको मृत्यु भएको छ।

बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका २ बर्षे बालकको आज बिहान मृत्यु भएको छ ।

जिल्लाकै बुढीगंगा नगरपालिका–१ घर भएका २ वर्षीय बालकको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

बालकको पनि पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी पठाईएको र रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । भारतबाट आउने क्रममा बिरामी परेका बच्चाको ज्यान गएको हो ।

बच्चामा ज्वरो आउने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । यस अघि आजै बिहान डडेलधुरामा ६ बर्षे बालकको पनि ज्यान गएको थियो ।

अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। मृत्यु भएपछि अब आज कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गर्ने तयारी छ ।

आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार