गौरीफन्टा नाकाबाट साढे ३३ हजार नेपाली भित्रिए, कुन जिल्लाका कति ?

  झझल्को न्युज डेस्क  228 पटक हेरिएको

 

१७ जेठ,कैलाली ।
गौरीफन्टा त्रिनगर नाकाबाट ३३ हजार बढिको उद्धार भएको छ। उद्धार गर्ने काम जेठ २ गते बाट सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले १२ दिनमा ३३ हजार चार सय ३४ जनाको उद्धार गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार त्रिनगर नाकाबाट भित्रिएका सबैभन्दा बढि कैलाली जिल्लाका सात हजार छ सय तीन जना छन् भने सबैभन्दा कम दार्चुला जिल्लाका चार सय २१ जना रहेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘स्थानीय तहको समन्वयमा सीमाबाट उद्धार गरिएका नेपालीलाई सम्बन्धित पालिकासम्म पुगाईएको छ। उनीहरु १४ दिने अनिवार्य क्वारेन्टाइनमा छन्।’

सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षका इन्चार्ज दिनेश ठकुल्लाले अहिलेसम्म एक हजार चार सय ५० जनाको मात्रै ¥यापिड टेस्ट गरिएको जानकारी दिए। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाइन अवधि सकिएपछि सबैको परीक्षण हुने दावी गरे।

यस्तै सुदूरपश्चिमका चार नाका ( कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट र दार्चुला नाका) भएर भारतबाट फर्किन पाईने भएको छ।

 कुन जिल्लाका कति ?

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार