बिल गेट्सले मन पराए ‘ट्‍वाइलेट’


एजेन्सी । संसारका धनाढ्य बिल गेट्सले ‘ट्‍वाइलेटको प्रशंसा गरेका छन् । भारतका ग्रामीण इलाकामा सरसफाइ गर्न तथा दूरदराज गाउँका घरमा शौचालय बनाउन प्रेरित गर्ने चलचित्र ‘ट्वाइलेट’ एक प्रेमकथामा आधारीत छ ।

अक्षय कुमार अभिनीत चलचित्रको प्रशंसा गर्दै गेट्सले ट्विटरमा प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छता अभियानलाई चलचित्रले सघाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ट्वाइलेट स् एक प्रेमकथाु बलिउडको चलचित्र हो । यसमा एक नवविवाहित जोडीको रोमान्स देखाइएको छ । यो चलचित्रले भारतमा भएको सरसफाइको चुनौतीबारे दर्शकलाई जागरुक बनाउँछ ।

११ अगस्टमा रिलिज गरिएको अक्षय कुमार र भूमि पेडनेकर अभिनीत यो चलचित्रमा देशका लागि सामाजिक सन्देश मात्र थिएन, सर्वसाधारणलाई ट्वाइलेटको आवश्यकताबारे जानकारी गराउँदै ट्वाइलेट बनाउन जागरुक बनाइएको थियो । चलचित्रमा सरसफाइलाई विशेष ध्यान दिँदै खुला स्थानमा शौच गर्दा महिलाले भोग्नु परेका पीडा पनि देखाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार