भारत बाट स्वदेश प्रवेश गरिरहेका नेपालीको सहजताका लागी नेकपा नेता निमार्णले गरे यस्तो अपिल

  झझल्को सम्वाददाता  468 पटक हेरिएको

१५ जेठ,काठमाडौँ ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरोले एक बिज्ञप्ती जारी गरी भारत बाट मुलुक प्रवेश गरिरहेका नेपालीको सहजताका लागी अपिल गरेको छ ।

ब्यूरो इन्चार्ज निर्माणले एक बिज्ञप्ती जारी गर्दै दैनिक ठुलो संख्यामा स्वदेश फर्किदै गरेका नेपालीको उचित स्वास्थ परिक्षण, व्यवस्थित क्वारेन्टाइनको ब्यवस्थापन ,र उचित काममा लगाउन सुझाव सहित आव्हान गरेका छ्न ।

ब्युरो इन्चार्ज निर्माण द्धारा जारी बिज्ञप्ती यस्तो छ

भारत प्रवासमा रहेका नेपाली श्रमिकहरु लकडाउनका कारण बेरोजगार हुनुका साथै नेपाल आउन नपाएर बिचल्ली परेको सवाललाई लिएर हाम्रो पार्टीले सरकारलाई प्रवासी नेपालीलाई घर आउने वातावरण निर्माण गर्न बारम्बार आह्वान गर्दै आएको थियो । चौतर्फी दवाव पछि राज्यले प्रवासी नेपालीलाई नेपाल प्रवेशको वातावरण बनाएको छ र सुदुरपश्चिमबाट मात्रै दैनिक हजारौंको संख्यामा नेपाली श्रमिकहरु नेपाल प्रवेश गरिरहेका छन् । यो खुसी र स्वागतयोग्य कुरा हो । तर नेपाल प्रवेश पछि उनीहरुको कोरोना परिक्षण, उपचार, व्यवस्थापन र गन्तव्यसम्म पुर्याउने समस्या अलि जटिल देखिएकाले यश संबन्धमा पार्टीको निम्न सुझाव एवं धारणा प्रस्तुत गरिएको छ । जसलाई कार्यान्वयन गर्न, गराउन आवश्यक देखिन्छ र त्यसको लागि संवन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

१) बिदेशमा रहेका तर घर फर्किन चाहने सम्पुर्ण प्रवासी नेपालीलाई अझै सहजरूपमा घर फर्कने वातावरण सृजना गरियोस् ।

२) प्रवासबाट फर्किनेहरुको सिमानामा उचित आरडिटी स्वास्थ्य परिक्षण गरियोस् र सहज ढंगले गाउँ जाने वातावरण मिलाइयोस ।

३) प्रवासबाट फर्किएकाहरुलाई उचित क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरियोस् । अहिलेसम्मको व्यवस्थापन हेर्दा सन्तोषजनक नभएको र राज्यको उपस्थिति शून्य जस्तै देखिएकोले क्वारेन्टाइनको उचित व्यवस्थापनमा ध्यान दिइयोस् ।

४) कोरोना संक्रमितलाई उचित उपचारको व्यवस्था गरियोस् । बिरामीको आत्मविश्वास बढ्ने वातावरण सृजना गरियोस् ।

५) क्वारेन्टाइनमा बस्नेहरुको उचित व्यवस्थापन९ खाने,बस्ने,पिसिआर परिक्षण गर्ने, सरसफाइ, पारिवारिक भेटघाट गर्ने लगाएत ० राज्यको तर्फबाट गरियोस् ।

६) यदि सरकारको तर्फबाट उचित व्यवस्थापन हुन सक्ने अवस्था नभएमा सर्वपक्षीय सर्वदलीय संयन्त्र, सहयोग दाता र नागरिक समाजको तर्फबाट सहयोग गर्ने वातावरण सृजना गरियोस् । हालसम्मको अवस्थालाई हेर्दा यसमा राज्य उदासीन नै देखिएको छ । अहिलेसम्ममा केही उदार व्यापारी, व्यावसायी र स्थानीय सहयोगीहरुले खाना तथा व्यवस्थापनमा सहयोग गरेको पाइएको छ । यो सकारात्मक कुरा हो, तर यसको दायरालाई अझै थप बिस्तार गर्नुपर्ने आवश्यकता छ । त्यता तर्फ ध्यान दिइयोस् ।

७) क्वारेन्टाइनमा रहेका वा राहत नपाएर समस्यामा परेका नागरिकहरुलाई हाम्रो पार्टीको तर्फबाट हामी हर सहयोग गर्न तयार छौ र संभव भएसम्म सहयोग गरिरहेका पनि छौ । यसको दायरालाई अझै हामी फराकिलो पार्न चाहन्छौं र सबैसँग सहकार्य गर्न चाहन्छौं । तसर्थ संबंधित पक्षले त्यस्तो वातावरण सृजना गरोस ।

८) कोरोना महामारीको यो संकटपुर्ण अवस्थामा पनि कतिपय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवा निकायबाट भ्रष्टाचार, अनियमितता र पक्षपातपुर्ण व्यवहार प्रदर्शन भएको जनगुणासो व्यापक रुपमा आइरहेको छ र कतिपय घटनाहरु सत्यसावित पनि भएका छन् । मेडिकल माफियाको, चलखेल यातायात मा कमिशन, पेट्रोलियम पदार्थ लगाएत दैनिक उपभोग्य सामानमा कालोबजारी र महंगी, रिचार्ड कार्डमा समेत कमिशन जस्ता कृयाकलापले उपभोक्ताहरु मारमा परेका छन् । यसलाई कडाइसाथ नियन्त्रण र निगरानी गरियोस् ।

९) अहिले प्रवासबाट आउने जनशक्ति तत्काल उपयोगमा आउने भनेको कृषिमा हो । अहिले किसानहरु मल बिउको अभावमा तड्पीरहेका छन् । तसर्थ यसको उचित समाधान गर्नुका साथै प्रवासबाट आएको जनशक्तिलाई उचित कृषि कर्ममा लाग्ने वातावरण सृजना गरियोस् ।

१०) अहिले फेरि कञ्चनपुरको पुनर्वास लगाएत सुदुर पश्चिमका सिमाक्षेत्रमा भारतीय सिमा सुरक्षाबल एसएसबीको ज्यादती बढेकाले यसलाई राज्यका तर्फबाट तुरुन्त समाधान गरियोस् । यदि राज्यले बेवास्ता गरे जनस्तरबाट प्रतिरोध गर्ने अवस्था सृजना हुदैछ । समयमै राज्यको ध्यान जावस।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार