रुकुम घटना : राजनीतिक दाउपेचको मुद्दा नबनाइ निष्पक्ष छानबिन गरि दोषीहरुलाई कारवाही गर्न क्रान्तिकारी माओवादीको माग

  झझल्को सम्वाददाता  336 पटक हेरिएको

१४ जेठ,काठमाडौँ ।
रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न नेकपा (क्रान्तिकारी माओवादी) ले सरकारसँग माग गरेको छ ।

गत जेठ १० गते भेरी नगरपालिका वडा नं ४ रानागाउँ जाजरकोटका नवराज वि.क. र चौरजारी नगरपालिका वडा नं ८ रुकुमकी किशोरी बीचको प्रेम सम्बन्धका कारण भड्किएको विवादमा नवराज वि.क., टीकाराम वि.क. र गणेश बुढामगरको हत्या भएको छ । सोही घटनामा परेका सञ्जु वि।क।, लोकेन्द्र सुनार र गोविन्द शाही वेपत्ता अवस्थामा रहेका छन् ।

महासचिव, मोहन वैद्य ‘किरण’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजको वैज्ञानिक युगमा पनि मनुवादी मान्यतामा आधारित जातपात तथा छुवाछुतको प्रभावका कारण नेपालमा यस प्रकारको घटना घटनु सामन्तवादी संस्कृति र पश्चगामी चेतनाको निकृष्ट अभिव्यक्ति हो । दलित र गैरदलितका बीचको प्रेम सम्बन्धका कारण पैदा भएको यस दुःखद घटनाप्रति हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ ।’

पार्टीले यस घटनालाई कसैको राजनीतिक दाउपेचको मुद्दा नबनाइ निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार