दाङ । दाङ जिल्लामा वन गस्ती टोलीले बँदेलका तीनवटा पाठापाठीको उद्धार गरेको छ ।
डिभिजन कार्यालय दाङ र सव डिभिजन वन कार्यालय बिजौरीबाट नियमित टूर गस्तीका सिलसिलामा बिजौरी सव डिभिजन वन कायालयको कार्य क्षेत्र अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका वडा नं १३ स्थित जनकल्याण सामुदायिक वन क्षेत्रबाट बँदेलका २ वटा पाठा र १ पाठी उद्धार गरेको हो ।
उद्धार गरिएको बँदेलका पाठापाठी डिभिजन वन कार्यालय घोराही दाङमा ल्याइएको सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो ।
यसैगरी घोराही उपमहानगरपालिका वडा नं. १५ पानीटंकी नजिकबाट स्थानीयहरुले किङ्ग कोब्रा सर्प देखेर उद्धारका लागि अनुरोध गरेकोमा डिभिजन वन कार्यालयबाट गएको सशस्त्र वन रक्षक टोलीले उक्त कोब्राको जीवितै उद्धार गरेको छ ।
सर्पलाई धर्नाको जंगलमा लगी छाडिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । dainikonline