नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ६०३ पुग्यो

  झझल्को सम्वाददाता  137 पटक हेरिएको

११ जेठ, काठमाडौं ।
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्।

पछिल्लो पटक कोरोना संक्रमित भेटिने नयाँ जिल्ला नुवाकोट भएको छ। यससँगै कोरोना संक्रमण फैलिएर ४२ जिल्लामा पुगेको छ। ककनी गाउँपालिका(३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल क्षेत्रमा जेठ ६ गते कोरोना परीक्षणका भएको थियो । जसमा अरुको रिपोर्ट नेगेटिभ आए पनि उनको पोजेटिभ आएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमण भएर उपचारपछि निको हुनेको संख्या ८७ पुगेको छ। पछिल्लो पटक बुटवलबाट १० जना र पर्साको वीरगञ्‍जबाट ७ जना निको भएर घर फर्किएका छन्। भने ३ जनाको मृत्यु भै सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार