पूर्वयुवराज पारस शाह सवार गाडीको ठक्कर बाट पोखरामा गोरु मर्यो

  झझल्को सम्वाददाता  172 पटक हेरिएको

१० जेठ,पोखरा ।
पूर्वयुवराज पारस शाहको गाडीले पोखरामा ठक्कर दिँदा एउटा गोरु मरेको छ । शनिबार राति करिब साढे दुई बजे पृथ्वीचोकमा पारस शाहको बा १४ च २१३१ नम्बरको गाडीले गोरुलाई ठक्कर दिएको हो ।

गोरुलाई ठक्कर दिएपछि गाडी ठूलो दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना हुँदा उक्त गाडीभित्र पारस शाहसहित तीनजना व्यक्ति सवार थिए । तर, गाडी भने पारस शाहले भने नचलाएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामा डीएसपी यादव ढकालले उक्त गाडी अशोक गुरुङले चलाएको जानकारी दिए । उनका अनुसार चालक गुरुङलार्य प्रहरीले नियन्त्रणमा लिएको छ।

चालकसहित अन्य दुइजना प्यासेन्जर सवार रहेका थिए तर दुर्घटनामा चालकसँग सरोकार हुने भएकाले अन्य यात्रुको जानकारी नलिएको र तिनिहरुलाई छोडी दिएको प्रहरीको भनाई छ । चालकलाई नियान्त्रणमा लिएर सोधपुछ गर्दा पारस शाह बिरामी भएर अस्पताल जाँदै गर्दा दुर्घटना भएको भन्ने प्रहरीको जानकारी छ ।

दुर्घटनापछि प्रहरीले चालकको स्वास्थ्य परिक्षण गर्दा मादक पदार्थ, लागु पदार्थ सेवन गरेको नपाइएको प्रहरीले जनाएको छ ।

पुर्वयुवराज पारस शाह केही महिनायता पोखराको लेकसाइडस्थित एक होटलमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार