ज्यानमारा औषधी खादैँ अमेरिका

मलेरियाको औषधी खाँदा अमेरिकामा ज्यान गुमाउने बढे

  झझल्को न्युज डेस्क  120 पटक हेरिएको

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न मलेरियाको दवाई हाइड्रोक्सिक्लोरोक्विन लिईरेको बताएका थिए । विज्ञान सम्बन्धि पत्रिका लैसैन्टले हालै एक अनुसन्धान रिपोर्ट प्रकाशित गर्दै जुन संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको छ उनीहरुमा मृत्युको बढी खतरा रहेको औल्याएको छ ।

अध्ययन अनुसार मलेरियाको यस दबाईले कोरोनाको उपचारमा कुनै फाईदा पुगेको छैन । ट्रम्पले कोरोना रोक्न मलेरियाको यही औषधी खार्ईहेको र प्रोत्साहित समेत गरेका बेला स्वास्थ्य अधिकारीले दिएको चेतावनीको ट्रम्पले वेवास्ता गर्दै आएका थिए ।

लेसेन्टले ९६ हजार संक्रमितमा यो अनुसन्धान गरेको थियो । त्यस मध्य १५ हजार लाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको थियो । त्यस मध्य यी दबाई नदिईएको बिरामीको कम मृत्यु भएको थियो भने यसको प्रयोग भएका बिरामीको बढी मृत्यु भएको थियो , रिपोर्टमा लेखिएको छ । यसले सबै बढी असर मुटुमा पुर्याउने पनि चेतावनी दिईएको छ ।

अनुसन्धान गरिएका मध्य कुल मृत्यु भएकामा हाइड्रोक्सिक्लोरोक्विन दिईएका मध्य १८ प्रतिशतको मृत्यु भएको थियो भने क्लोरिन दिएका बिरामीको १६.४ प्रतिशत बिरामीको मृत्यु भएको थियो । तर यी दुबै औषधी नदिएका अन्य विरामी मध्य ९ प्रतिशतको मात्रै मृत्यु भएको थियो ।

यो औषधी खुवाउँदा संक्रमितहरूको ज्यान जाने खतरा अत्यधिक रहेको चिकित्सकहरुले बताएका छन्। क्लिनिकल ट्रायलबाट बाहिर यसलाई ल्याउन नहुने अनुसन्धानले सुझाव पनि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार