थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संम्रमितको जम्मा संख्या ५४८ पुग्यो

  झझल्को सम्वाददाता  60 पटक हेरिएको

 

काठमाडौं, जेठ १० गते ।
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार संक्रमित मध्ये ३० जना पुरुष र २ महिला रहेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

यसरी थपिने संक्रमितहरुमा कपिलबस्तुका ७ जना पुरुष र एक महिला, रुपन्देहीका ८ पुरुष, सर्लाहीका १३ जना पुरुष , बारा की एक महिला तथा काठमाण्डौ र् चितवनका एकरएक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ७० जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

जसमा ७० जना निको भएर घर फर्किसकेका छन भने ३ जनाको मृत्यु भै सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार