लिम्पियाधुरा सहितको नयाँ नक्सा राजपत्रमा प्रकाशित

  झझल्को सम्वाददाता  122 पटक हेरिएको

९ जेठ,काठमाडौं ।
नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक भएको नेपालको नयाँ नक्सालाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राजपत्रमा प्रकाशित गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएको थियो । यस लगतै मुद्रण विभागले नक्सा प्रकाशन गरेको हो । यससँगै अब यो नयाँ नक्साले औपचारिकता पाएको छ ।

राजपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव केदार न्यौपानेको हस्ताक्षर छ । जेठ ४ गतेको मन्त्रिपरिषदले निर्णय गरी सरकारले जेठ ७ गते आधिकारिकरुपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

नयाँ नक्सा सार्वजनकि भएलगत्तै भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले अब सबै कार्यालय दस्तावेज पाठ्यपुस्तक कुटनीतिक नियोगलगायतमा नेपालको नयाँ नक्सा प्रचलनमा ल्याउन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार