फेरि थप ९ जनामा कोरोना भाइरस ,संक्रमितको संख्या ५१६ पुग्यो

  झझल्को सम्वाददाता  63 पटक हेरिएको

काठमाडौं ।
नेपालमा फेरि थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार साँझ थप ९ जनामा संक्रमण पुष्टि भएको जनाएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भक्तपुरका ४२ वर्षीय पुरुष, मकवानपुर हेटौंडा-३ का ५४ वर्षीया महिला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ पुरुषमा कोरोना देखिएको हो।

योसंगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ५१६ पुगेको छ ।जसमा ७० जना निकोभएर घर फर्किसकेका छन भने ३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार