बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त भएसँगै १४ जना थपिए

  झझल्को सम्वाददाता  174 पटक हेरिएको

 

९ जेठ,नेपालगन्ज ।
बाकेमा शुक्रबार एकै दिन २१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए ।

डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् । डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् ।

बाँकेमा २१ जना डिस्चार्ज भएसंगै फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै संक्रमितको संख्या १ सय १५ पुगेको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ देखिएको हो । १३ जना नरैनापुरका छन् । एक जना राप्ती सोनारीका रहेका छन् ।

स्वास्थ्य मन्त्रालय पत्रकारको पत्रकार सम्मेलनमा बाँकेका १४ जनासहित देशभर पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ । जसमा ७० जना निकोभएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार