नेपालमा पहिलो पटक थुनुवामा देखियो कोरोना, जिल्ला प्रहरी कार्यालय सिल

  झझल्को सम्वाददाता  113 पटक हेरिएको

९ जेठ,बैतडी ।
जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तब्य ज्यानको मुद्धामा पक्राउ गरिएको थियो । उनी चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट स्वदेश आएका थिए ।

ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी सिल गरिएको छ । प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेका छौं ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले भने, हिरासतमा रहेका युवकमा कोरोना पुष्टि भएपछि कन्याक्ट ट्रेसिङको काम समेत सुरु भएको छ।

हिरासतमा रहेका ती युवकको दुई पटक आरडीटी गर्दा रिपोट नेगेटिभ आएको थियो तर पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि जिल्लामा कोरोनाको त्रास फैलिएको छ।

जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार