९० बढि यात्रु बोकेको पाकिस्तान एयरलाइन्सको विमान एयरपोर्ट नजिकै मानवबस्तीमा दुर्घटनाग्रस्त

  झझल्को सम्वाददाता  253 पटक हेरिएको

९ जेठ,काठमाडौं ।
पाकिस्तानमा विमान दुर्घटनाग्रस्त भएको छ । पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको स्वामित्वमा रहेको उक्त विमान व्यापारिक राजधानी मानिने कराची शहरमा दुर्घटनाग्रस्त भएको हो।

कराची एयरपोर्टमा अवतरण हुनेक्रममा ९० बढि यात्रु तथा चालक दलका सदस्य सवार विमान मानववस्तीमा दुर्घटना भएको हो। दुर्घटनापछि घटनास्थलबाट कालो धुवाँ आइरहेको दृश्य सार्वजनिक भएका छन्।

प्रधानमन्त्री खानले घटनाबाट निकै दुःखी भएको ट्विट गरेका छन्।

जनधनको क्षतिबारे हालसम्म पाकिस्तान सरकारले कुनै जानकारी दिएको छैन। अधिकारीहरुका अनुसार लाहोरबाट कराँची उडेको उक्त विमानमा ९१ यात्रु र ८ चालक दलका सदस्य सवार थिए।

कराँची एयरपोर्टमा अवतरण हुनुअघि विमान एक आवासीय कालोनीमाथि खसेको हो। जुन एयरपोर्टको एकदम नजीक छ। यस दुर्घटना पछि सार्वजनिक भएका भिडियोहरूमा सडकमा पार्क गरिएका सवारीहरू जल्दै गरेको देखिन्छ।

हवाई दुर्घटनाको तथ्यांक संकलन गर्ने संस्था एयरक्राफ्ट क्र्याश रेकर्ड अफिसका अनुसार पाकिस्तानमा अहिलेसम्म ८० भन्दा बढी विमान दुर्घटनाहरू भएका छन्।

जसमा एक हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सबैभन्दा ठूलो दुर्घटना पाकिस्तानमा सन् २०१० को जुलाईमा भएको थियो।

पाकिस्तानको राजधानी इस्लामाबाद नजिक भएको उक्त दुर्घटनामा १५२ जनाको मृत्यु भएको थियो। २०१२ को अप्रिल २०मा इस्लामाबादमा अर्को विमान दुर्घटनामा १२७ जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार