थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

  झझल्को सम्वाददाता  58 पटक हेरिएको

९ जेठ,काठमाडौं ।
नेपालमा थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १८ देखि ६१ बर्ष समुहका २० जनामा पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् ।

यस सँगै नेपालमा संक्रमितको संख्या ५ सय ०७ पुगेको छ। संक्रमित मध्ये ७० जना निको भएर घर फर्किसकेका छन्। हाल सम्म नेपालका ४० जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार