थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७ पुग्यो

  झझल्को सम्वाददाता  64 पटक हेरिएको

९ जेठ,काठमाडौँ ।
नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान मन्त्रालयले कपिलवस्तु, सर्लाही, नवलपरासीका जिल्लाका ३० जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।

त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन् ।

यता कपिल वस्तु वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षिप पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका(७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । जसमा ३ जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किसकेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार