भारतमा मजदुरी गरी घर फर्कदा २ नेपाली लुटिए


कञ्चनपुर । भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन्।

लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन् । दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन्।

“अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए,” पीडित ऐरले भने, “दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद रु २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन्।

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको उनले बताए। लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल नै तय गर्दै घर पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार