जेठ २० गतेसम्म लम्बियो लकडाउन

  झझल्को सम्वाददाता  528 पटक हेरिएको

४ जेठ,काठमाडौं ।
सरकारले लकडाउन फेरि थप जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।

सरकारले गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन अर्थात बन्दाबन्दी पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।

लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या २९२ पुगेको छ । २ जनाले ज्यान गुमाइसकेका छन भने ३६ जना निकोभएर घर फर्किसकेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार