३ वर्ष पहिले मृत्यु भयो भनेर अन्तिम संस्कार गरिएका छोरा जब लकडाउनमा घर फर्किएपछि……

  झझल्को न्युज डेस्क  94 पटक हेरिएको

४ जेठ,काठमाडौँ ।
कोरोना भाइरसको संक्रमणले कतिपय मानिसलाई परिवारबाट टाढा बनाएको छ भने कतिको ज्यान पनि लिएको छ।

तर भारतको मध्य प्रदेशको छतरपुरमा कोरोनाको महामारीका बीच एक परिवारले मृत्यु भएको भनिएका छोरा जिउँदै भेटेका छन्।

छतरपुरको बिजावर क्षेत्रमा तीन वर्ष पहिले बिजावरको एक जंगलमा कंकाल भेटिएको थियो। जसको पहिचान भगोला आदीवासीले आफ्नो छोराको रुपमा गरेका थिए। परिवारले उक्त कंकालको छोराकै रुपमा अन्तिम संस्कार गरेका थिए।

अन्तिम संस्कार गरेको ३ वर्षपछि छोरा जिउँदै घर फर्कएपछि परिवारमा खुसीको सिमा छैन्।

कोरोना संकटका बेला लकडाउनले अलपत्र परेका कयौँ राज्यमा मजदूरलाई घर फर्काउने क्रममा भारतको डिलारी गाउँका एक युवक उदय आदिवासी आफ्नो घर फर्किएपछि परिवार चकित बनेको हो।

छोरा मरेको भनेर अन्तिम संस्कार गरेका उनका पिताले छोरालाई अचानक आफ्ना अगाडि पाउँदा निकै खुसी भए।

वास्तवमा ती युवकले परिवारसँग रिसाएर हरियाणाको गुरुग्राम गए। र त्यही एउटा फ्याट्रीमा काम गर्न सुरु गरे। लकडाउनसँगै फ्याट्री बन्द भएपछि उनी आफ्नो घर फर्किएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार