थप तीन जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २९५ पुग्यो

  झझल्को सम्वाददाता  54 पटक हेरिएको

काठमाडौं ।
नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । प्रदेश १ को विराटनगरमा दुई जना र धनकुटामा एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो ।

यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। संक्रमितमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार