२७औ मदन भण्डारी आश्रित स्मृति दिवसको अवसरमा पोखरामा रक्तदान कार्यक्रम सम्पन्न

  झझल्को सम्बादाता  1001 पटक हेरिएको

फोटो ; तिर्थ केसि ,पोखरामा-२७औ मदन आश्रित स्मृति दिवस

तिर्थ  के सी । पोखरामा-२७औ मदन आश्रित स्मृति दिवस को अवसरमा मदन भण्डारी फाउण्डेशन कास्की र पोखरा ५ को सयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६६ यूनिट रगत संकलन भएको छ ।

कार्यक्रम मा मदन आश्रित स्मृति दिवस को महत्व बारे प्रकाश पारदै गण्डकी प्रदेश सदस्य मोहन रेग्मिले वर्तमान विषम पारिबेश मा आफु पनि सुरक्षित रही सामाजिक अभियान मा जूटन सबैलाई आग्रह गर्नु भयो । बिश्वब्यापी माहामारी संग जुधन सरकार एक्लै नसक्ने हुदा सबैले आ आफ्नो ठाउ बाट पहल गर्न आवश्यक रहेको चर्चा गर्नु भयो ।


उक्त कार्यक्रम को सभापतित्व फाउन्डेसन ५ का अध्यक्ष धनन्जय अधिकारीले तथा स्वागत उपाध्यक्ष कृष्ण पराजुली ले गर्नु भयो भने कार्यक्रम संचालन सचिब वसन्त राज गौतमले गर्नु भयो।

पहिलो रक्तदाता बिक्रम तिमिल्सिनालाई फाउंडेशन का जिल्ला अध्यक्ष माधब बास्तोलाले ब्लड बेग हस्तान्तरण गरे पछि शुरू भएको उक्त कार्यक्रम मा फाउण्डेशन का सल्लाहकार तेज नारायण अधिकारी तथा नेकपा का जिल्ला सचिबालय सदस्यहरु रामप्रसाद खनाल, कृष्ण न्यौपाने, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामू अधिकारी, रेडक्रस कास्की का मंत्री धर्म अधिकारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार