नेकपा स्थायी कमिटी बैठक स्थगित

  झझल्को सम्वाददाता  206 पटक हेरिएको

३१ बैशाख,काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक स्थगित भएको छ । कोरोना माहामारीका कारण बैठक स्थगित भएको नेकपा केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार कोरोना माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गर्नुपरेको हो ।

मंगलबार स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।

यसअघि पार्टीले मंगलबार दिउँसो बुधबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी समिति बैठकमा उपस्थित हुने गरी सूचना जारी भएको थियो। तर कोरानाको त्रासको कारण बैठक स्थगित भएको सूचना पुन सदस्यहरुलाई पठाइएको छ। बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले अहिले तत्कालका लागि कोरोना, सीमा समस्या, नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्ने गरी स्थायी समितिको एजेन्डा तय गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार