लकडाउन थप कडा पार्न प्रधानमन्त्री ओलीको निर्देशन

  झझल्को न्युज डेस्क  114 पटक हेरिएको

 

३० बैशाख,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्ध सरकारले गरेको लकडाउन अर्थात बन्दाबन्दी थप कडा पार्न निर्देशन दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै लकडाउन खुकुलो पार्दा अवस्था भयावह हुनसक्ने भएकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताएका हुन् ।

नेपालमा कोरोना संक्रमित घट्नुको सट्टा झन गुणत्मक रुपले संक्रमितहरु बढ्दै गएका छन् । यस्तो अवस्थामा हेलचेक्र्याई गर्नु नहुने बताउदै प्रधानमन्त्री ओलीले जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ र मानिस रहे सबै रहने बताए ।

यसअघि कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा शुक्रबारबाट लकडाउन खुकुलो पारिएको थियो ।

लकडाउन खुकुलो पारिएसँगै राजधानीमा चहल पहल बढेको छ भने यति नै बेला कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार मात्रै २ जना पत्रकार सहित ५७ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार