बना ए भारत सीमामा रोड खत्रै बना………

  प्रकाश रावल  832 पटक हेरिएको

 

बना ए भारत सीमामा रोड खत्रै बना ।
भएका जङगी पिल्लर ढालेर अलपत्रै बना ।।

 

खुसी होलान् कालापानीका सहिद पनि बरु
नेपालका नेताको छाला काढेर अलकत्रै बना ।।

 

देख्दैनन् यी अन्धाहरुले केही पनि सत्ता बाहेक
अब टुडीखेलमै एक पिल्लर सगरमाथा जत्रै बना ।।

 

असल छिमेकीका अभ्यासहरु माननीय लागे
लिपुलेकका जस्ता अरु रोड सोर सत्रै बना ।।

 

रेल कुदेको देख्न चाहन्छन् नेपालमा नेपालीहरु
नेताका हड्डी रेलमार्ग पनि यत्रतत्रै बना ।।

 

…..प्रकाश रावल (अछाम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार