पोखरामा क्रान्तिकारीले जलायो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पत्ला (भिडियो सहित)

  झझल्को सम्वाददाता  421 पटक हेरिएको

२९ बैशाख,पोखरा।
विद्रोही नेपाल कम्युनिष्ट पार्टी नेत्र विक्रम चन्द (विप्लव) निकट अखिल (क्रान्तिकारी)ले पोखराको मालेपाटन स्थित सशस्त्र प्रहरी क्याम अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन ।

भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै मानसरोबर जाने सडक मार्ग बनाएको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको हो ।

सोमबार अपरान्ह ४ बजे पोखराको मालेपाटन स्थित सशस्त्र प्रहरी क्याम अगाडी सरकारले गरेको लकडाउनको पालना गर्दै ५/६ जना जम्मा भएर बिद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को पुत्ला दहन गरेको अखिल क्रान्तिकारीका एक विद्यार्थीले जानकारी गराएका छन ।

प्रदशनका क्रममा उनिहरुले भारतीय प्रधानमन्त्री नरेन्द मोदी र भारत बिरुद्ध नाराबाजी गरेका थिए । साथै उनिहरुले नेपालका प्रधानमन्त्रि केपी शर्मा ओली विरुद्धपनि नाराबाजी गरेका थिए ।

उनीहरुले ‘भारतीय बिस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो’ हाम्रो देश प्राण्ड भन्दा प्यारो छ, लगायतका नारा लगाएर मोदीको पुत्ला जलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार