म त भाग्यमानी’ भन्दै गगन थापाले संसदमा सुनाए कविता

  झझल्को सम्वाददाता  352 पटक हेरिएको

२९ बैशाख,काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रधानमन्त्रीलाई समर्पित गर्दै कविता सुनएका छन् । भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गर्नुभएको हो ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले म त भाग्यमानी शीर्षकको कविता वाचन गरेका हुन् । उनले कवितामा सीमा मिचिएको, लकडाउनका कारण श्रमिक आहत बनेको तर प्रधानमन्त्री कविता लेखर बसेको उल्लेख गरेका छन् ।

थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गर्नुभएको छ ।

यस्तो छ थापाले संसदमा वाचन गरेको कविता

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको।
यस्तो सबल सरकार छ
सीमा कसले मिच्ने ?

कोही छैनन् जोरी खोज्ने छैनन् कोही हेप्ने
सयौं कोस हिँड्दा पनि श्रमिक छैनन् आहात
गरिबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्

दुस्ख, पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति

हावादारी हल्ला हुन् ओम्नी र यती
सबैतिर वाह वाह यस्तो विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा।

कोमल हृदयका प्रधानमन्त्री
आँसु कवि हाम्रा
दिन नबिराई सिर्जना छ आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला

गीत कविता भट्याउँदै कालापानी जाऔंला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ
आँसु आए बरू त्यही गीतले आउँछ।

यस्तो नायक गजबका ल्यायौं जानीजानी
अहो हामी नेपाली त साह्रो भाग्यमानी
आ हो साह्रै भाग्यमानी,
म त भाग्यमानी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार