इच्छुक दलहरुलाई दल दर्ताका लागि आह्वान : राष्ट्रिय सभा –

राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।

स्रोतका अनुसार आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम दिन नसकिने स्पष्ट सन्देश दिन दल दर्ताको आह्वान गरेको हो ।

सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तोकेपछि आयोगले त्यसैअनुसार निर्वाचन कार्यक्रम बनाउने हो । तर अबको १५ दिन दल दर्ताकै समय रहेकाले राष्ट्रपतिबाट आजभोलिमै अध्यादेश जारी भए पनि राष्ट्रिय सभा निर्वाचन भने माघ नलागी हुन सक्दैन । आजको कान्तिपुरमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार