ओली सरकारको फासिवाद बिरुद्ध हरदम प्रतिरोधका लागि तयार रहन पार्टीपङ्क्तिलाई विप्लवको निर्देशन

  झझल्को सम्वाददाता  1144 पटक हेरिएको

२४ बैशाख,काठमाडौँ ।
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि अपिल गरेका छन् ।

महासचिव विप्लवले बुधबार वक्तव्य जारी गर्दै कोरोना सङ्क्रमणको महामारीका कारण पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको पनि बताएका छन् ।

महासचिव विप्लवले भनेका छन्, ‘आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ उनले केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन पनि गरेका छन् ।

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख कमरेड अनिल शर्मा ‘विरही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गिरफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज कमरेड पुष्प कोइराला, चितवन जिल्ला सेक्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बिनाकारण गिरफ्तार गरेको छ । पार्टी उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दछ र बिनासर्त मुक्त गर्न माग गर्दछ ।’

महासचिवको वक्तव्यमा अगाडि भनिएको छ, ‘कोरोना महामारीमा जनताले भोग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको कारबाही स्थगनलाई बेवास्ता गर्दै केपी सरकारले आतङ्क र हिंसा मच्चाउन खोजिरहेको छ । आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मोड्न गरिरहेको षड्यन्त्र र फासिस्ट दमनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ । साथै केपी सरकारको अमानवीय दमनको व्यापक भन्डाफोर गर्न र हरदम पूर्ण प्रतिरोध मानसिकतामा रहन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन गर्दछ ।
हेर्नुस् विज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार