एजेन्सी भारत मुम्बईस्थित एक भवनमा आगलागी हुँदा १४ जनाको जलेर मृत्यु भएको छ । लोअर परेल इलाकास्थित भवनमा लागेको आगोमा पर्दा अरु ६ जना घाइते भएका छन् । अधिकारीहरुले बिहीबार मध्यराती कमल मिल कम्पाउण्ड भवनको तेस्रो तल्लामा आगलागी भएको जानकारी दिएका छन् । मृत्यु हुनेमा धेरैजसो बर्थ डे पाटी मनाउन आएका महिला रहेको मुम्बई प्रहरीले जनाएको छ ।
वर्थ डे मनाउने २८ वर्षीया महिलाको पनि ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई सिमन अस्पतालमा भर्ना गरिएको छ ।