म्याग्दीका आगलागी पीडितलाई एमालेद्वारा एक लाख सहयोग


म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हुँदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा (एमाले) म्याग्दीद्वारा संकलन भएको रु एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराइएको हो ।

सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा (एमाले) जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावल लगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार