एजेन्सी ।
मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले सानैमा हुदा एउटा बटुवाको कथामा सुनेका र पढेका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना भएको छ।
कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको खबर सार्वजनिक भएको छ।
आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो। पेनिना निरक्षर र विधवा छिन्। उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भयो। काम गर्न नपाएपछि उनको भान्सा पनि बन्द भयो।
पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन। यसकारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन्।केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन्।
उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो। तर मसँग योबाहेक अरु विकल्प थिएन।’ केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ। चरम गरिबी र अभावबाट गुज्रिरहेकाहरुको हालत अहिले पेनिनाको जस्तै बन्दै गइरहेको छ।
हेर्नुस भिडियो :-