बलिउड अभिनेता इरफान खानको निधन

  झझल्को सम्वाददाता  511 पटक हेरिएको

१७ बैशाख , काठमाडौं ।
बलिउड अभिनेता इनफान खानको बुधबार निधन भएको छ। उनको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा ५४ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत थिए। गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका उनले जिन्दगीको युद्धमा हार्दै प्राण त्यागेका हुन्।

बलिउडका दिग्गज अभिनेतामा एक इरफान खानको अचानक भएको निधनले उनका फ्यान र बलिउड कलाकार स्तब्ध भएका छन्। दुई वर्षअघि मार्च २०१८ मा इरफानलाई न्यूरो इन्डोक्राइन ट्युमर नामकको समस्या देखिएको थियो। विदेशमा यस रोगको उपचारपछि उनी ठीक भएका थिए। तर उनी यो पटक पेटको रोगसँग हार्न पुगे।

इरफानकी आमाको गत शनिबार मात्रै निधन भएको थियो। स्वयम् ओच्छ्यान परेका कारण इरफान आमाको अन्त्येष्टीमा सामेल हुन पाएनन्। उनले भिडियो कलमार्फत आमाको अन्त्येष्टी हेरेका थिए।

इरफानले बिरामी परेयता एउटा मात्र चलचित्र अंग्रेजी मिडियमुमा अभिनय गरेका थिए। कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

इरफान हलिउडमा समेत सफलता हासिल गरेका सीमित भारतीय अभिनेतामध्ये पर्दछन्। स्लमडग मिलेनियर, जुरासिक वर्ल्ड, अमेजिङ स्पाइडर–म्यान तथा लाइफ अफ पाइ उनले अभिनय गरेका हलिउड चलचित्र हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार