राहत लिन जाँदा कानको जाली नै फुट्ने गरी प्रहरीद्धारा युवा माथि निर्घात कुटपिट

  झझल्को सम्वाददाता  78 पटक हेरिएको

१७ बैशाख,जनकपुर ।
राहत लिन जाँदा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपीट गरी कानको जाली फुटाइदिएको छ ।

स्थानीय सरकारले वितरण गर्न थालेको खाद्यान्न सामग्री लिन पुगेका एक व्यक्तिलाई प्रहरीले निर्घात कुटपिट गरी कानको जाली फुटाइदिएको आरोप लागेको हो ।

लकडाउनको कारण विपन्न, गरिब तथा ज्यालादारी मजदुरहरुको घरमा चुल्हो बल्न छाडेपछि जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर–४ मा वितरण गर्दै आएको राहत लिन पुगेका भारतको विहार निवासी सुजित साहले प्रहरीले आफूमाथि कुटपीट गरेको  बताएका छन् ।

प्रहरीले भिड नियन्त्रण गर्ने क्रममा उनीमाथि एक्कासी आएर लाठी प्रहार गरेको थियो । प्रहरीले लाठी चार्ज गर्दा आफ्नो टाउको र कानमा चोट लागेर रगताम्य भएको र कानको जाली फुटेर सुन्न सक्ने क्षमता नै गुमाएको उनले जानकारी दिए ।

प्रहरीको लाठी चार्जबाट बेहोस भएपछि प्रहरीले नै उनलाई पाण्डे मेडिकल पु¥याएको थियो भने सामान्य उपचार पछि औषधी दिएर पठाएको पीडित साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार