कोरोना नियन्त्रण कोषमा कोका-कोलाले गर्यो ८ करोड सहयोग

  झझल्को सम्वाददाता  182 पटक हेरिएको


काठमाडौं,  वैशाख ।
कोभिड—१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै जाँदा, नेपालमा कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पु¥याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने घोषणा गरेको छ ।

कोका(कोलाले शुरु गरेको राहत कार्यक्रमले देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको जनाएको छ ।

नेपालमा कोका—कोलाले देशलाई सरक्षित राख्न अथक परि७नतसम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि स्वास्थ्य सविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी सहयोग गर्न सक्रिय कदम चालेको छ ।

यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु, नीजि, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो।

कोका—कोलाले नेपालमा कोभिड—१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ । कोका—कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र सरक्षा र हित निश्चित गर्न प्रतिबद्ध रहेका छन् ।

कोका—कोला, अप्रेशनका भाइस प्रेसिडेन्ट सन्दीप बजोरियाले भन्नभयो, “ग्लोबल कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपुर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्प७त्रगयतसर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सरक्षा र  जीवनयापन सुधारका लागि काम गरिरहेका छौं ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार