नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा बस्याल निर्वाचित


काठमाडौं । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा श्रीधर बस्याल निर्वाचित भएका छन् । रुपन्देहीको भैरहवामा भएको जेसिजको ४४ औँ महाधिबेसनले बस्याललाई सन् दुई हजार अठारका लागि अध्यक्षमा निर्वाचित गरेको हो । निकटतम प्रतिस्पर्धी महेश पौडेललाई नौ मतले हराउदै उनी अध्यक्षमा निर्वाचित भएका हुन । नेतृत्व चयनका लागि भएको मतदानमा बस्यालले ६ सय ४८ र पौडेलले ६ सय ३९ मत पाएका हुन । जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा पदमबिक्रम सिंह, रश्मी सिल्पकार, असोक शंकर र विकास मानन्धर निर्वाचित भएका छन । त्यस्तै राष्ट्रिय उपाध्यक्षहरुमा श्यामसुन्दर पौडेल, रविन पोखरेल, राजेन्द्र घिमिरे, टेकराज रेग्मी, सुम्रिता सर्मा, रश्मी निरौला, जनकराज रेग्मी, रञ्जना चापागाई खरभुजा, विजय गुरुङ, विजय घिमिरे, अमिस ढकाल र गोबिन्द देवकोटा निर्वाचित भएका छन् । जेसिजको विधान अनुसार निर्वाचित अध्यक्षले महासचिव र कोषाध्यक्ष मनोनित गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार