हुँदाखाँदाको राम्रो पिच भत्काएर सडक निर्माण थालिएपछि काभ्रेवासीको विजोग


काभ्रे । कहि नभएको जात्रा काभ्रेमा भने झै भएको छ अहिले । हुँदाखाँदाको राम्रो पिच भत्काएर सडक निर्माण थालिएपछि काभ्रेवासीले जात्रा भोग्न बाध्य बनाइएका छन् । कथा काभ्रेको धुलिखेल देखि खावासम्मको तीन किलोमिटर सडकको हो । यो बन्न लागेको एक बर्ष पुग्न लागेको छ । तर काम भने सिन्को भाँचिएको छैन् ।

काम थाल्न भनेर ठेकेदार कम्पनी मोतीदान कन्स्ट्रक्सनले चीन सरकारले बनाइदिएको पक्की कालोपत्रे सडक भत्काएपछि यात्रुहरुले हैरानी खेपिरहेका छन् । पिच भत्काएपछि सडकको कन्तबिजोग भएसँगै यात्रुहरु मर्कामा परेका छन् । सडकको अवस्था दयनीय बनेसँगै यात्रुहरुले सामाजिक संञ्जालमा कटाक्ष समेत हान्न थालेका छन् । सामाजिक संञ्जालमा काभ्रेका पूर्व प्रमुख जिल्ला अधिकारी केदार न्यौपानेले धुलिखेलदेखि पाँचखालसम्मको सडकलाई डेर्जट सफारी अर्थात मरुभुमीको यात्राको रुपमा चित्रण गरेका छन् । दैनिक सयांैको संख्यामा सवारी साधनहरुको आवागमन हुने सो सडकमा गुणस्तरीय कालोपत्रे हुँदाहुँदै सडक निर्माण गर्ने बहानामा सडक विभागको अनुमतिमा मोतिदान कन्ट्रक्सन काठमाण्डौले सडकको कालोपत्रे भत्काएपछि सामाजिक संञ्जालमा मरुभुमिको यात्राको रुपमा विश्लेषण भएका छन् । राम्रो र गुणस्तरीय सडक बन्ने आशामा महिनौं मौन बसेका यात्रुहरु ठेकेदार कम्पनीले धुलो रोक्न कुनै प्रयास नगरेपछि उनीहरुले आफ्नो समस्या सामाजिक संञ्जालमा व्यक्त गरेका छन् । पाँचखालका निरञ्जन अधिकारीले सामाजिक संञ्जालमा यस्तो लेखेका छन् ‘सडक नभत्काउँदा धुलिखेलवाट पाँचखाल बल्ल २५ मिनेटमै पुगिन्थ्यो तर अहिले धुलो खाएर २ घन्टामा आरामले पुगिन्छ’ ।

भ्याट बाहेक १५ करोड लागतमा बन्न लागेको सडक भन्दै बलियो कालोपत्रे अघिल्लो जेठमा ठेकेदार कम्पनीले उखेलेपछि धुलिखेलदेखि खाँवासम्म धुलो र हिलोले समस्या सृजना गराएको हो । स्थानीय बासिन्दाले पटक–पटक प्रशासनलाई धुलो र हिलोले समस्या निम्ताएको भन्दै जानकारी गराएको दिनमा पानी छर्कने काम भएपनि अन्य समयमा यात्रुहरु कष्टकर रुपमै यात्रा गर्न बाँध्य भएका हुन् । ठेकेदार कम्पनीको लापरवाहीको कारण खावादेखि पाँचखालसम्म कालोपत्रे भएको सडक समेत भत्किन थालेपछि स्थानीयहरुको आक्रोश अझै बढेको छ । सडक डिजिजन कार्यालय भक्तपुरका ईञ्जिनियर सुर्दशन कार्की निर्माण भैरहेको कालोपत्रेको १२ ठाँउमा भत्किएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार