गोरखा जिप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

  झझल्को सम्वाददाता  132 पटक हेरिएको

काठमाडौँ,फागुन २२ गते ।
गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जिप दुर्घटनामा गम्भीर घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ ।

अधिकांशको टाउको र मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि बिहीबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँ ल्याइएको हो ।

दुर्घटनामा परी घाईते हुनेमा गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा सहभागी हुन् गोर्खा जिल्लाको काशीगाउँतिर जाँदै गरेका बेला जनप्रतिनिधी लगाएत गाउपालिकाका कर्मचारी बोकेको बोलेरो जिप बुधबार साँझ दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटना भएको ठाउँ दुर्गम उच्च पहाडी भेग रहेको र नजिक स्तरीय स्वास्थ्य संस्था नभएका कारण हेलिकप्टरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार